4.6kViews
1975
Shares
जेठ २७ /लम्की
नेकपा एमाले लम्कीचुहा नगर कमिटीको दोस्रो नगर अधिवेशनबाट नेतृत्व चयनका लागी आज जेठ २७ गते चुनाव हुने भएको छ । जेठ १९ गते उद्धघाटन भएको एमाले लम्कीचुहाको दोस्रो नगर अधिवेशन सहमतिको प्रयासका लागी लामो समय सम्म स्थगित गरिएको भएता पनि सर्वसम्मत नेतृत्व चयनका लागी भएको प्रयास सफल नभए पछि चुनावनै हुने भएको हो ।
प्यानल सहित भण्डारी र विष्ट मैदानमा
एमाले लम्कीचुहा नगर कमिटीको नयाँ नेतृत्व चयनका लागी आज हुने चुनावमा २ वटा टिम प्यानल सहित चुनावी मैदानमा उत्रिएका छन् । एउटा प्यानलको नेतृत्व बल बहादुर भण्डारीले गरेका छन् भने अर्को टिमको नेतृत्व शेर बहादुर विष्टले गरेका छन् । अध्यक्षका उम्मेदवार बनेका बल बहादुर भण्डारीको टिममा उपाध्यक्ष मिना जैसी,सचिव टेक बहादुर खडका,उपसचिव महिला विमला न्यौपाने र उपसचिव पुरुष घनश्याम डाँगी उम्मेदवार बनेका छन् ।
त्यस्तै अर्का अध्यक्षका उम्मेदवार बनेका शेर बहादुर विष्टको उपाध्यक्षमा बल बहादुर खत्री,सचिवमा मीन बहादुर रावल,उपसचिव महिलामा तनु भण्डारी लिम्बु र पुरुष उपसचिवमा नारायण भण्डारी उम्मेदवार बनेका छन् ।
आज हुने चुनावमा लम्कीचुहा नगरपालिकाको वडा न.१ देखि वडा न.१० सम्मका १४७ जना र आयोजक ६९ जना सहित २१६ जना प्रतिनिधि एमाले लम्कीचुहाको नयाँ नेतृत्व चयनका लागी मतदान प्रक्रियामा सहभागी हुने छन् ।
मतदानको तयारी पुरा
नेकपा एमाले लम्कीचुहा नगर कमिटीको नयाँ नेतृत्वका लागी आज जेठ २७ गते हुने निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका सदस्य लक्ष्मण रेग्मीले निर्वाचन गर्न निर्वाचन समितिले गर्नु पर्ने सम्पूर्ण कार्यहरू समितिले गरी सकेको संघीय न्युजलाई जानकारी दिएका छन् । नयाँ नेतृत्व चयनका लागी आज आइतबार बिहान ११ बजेबाट मतदान पक्रिया सुरु हुने छ ।
यस सम्बन्धी थप समाचारहरु