3.1kViews
1668
Shares
काठमाडौँ १९ /भदौ
सङ्खुवासभामा गोली प्रहार गरेर शिक्षकको हत्या गरिएको छ । मकालु गाउँपालिका वडा नम्बर–१ स्थित चिर्खाङमा गोली प्रहारबाट ३६ वर्षीय नरकुबिर खम्बु राईको हत्या भएको प्रहरीले जनाएको छ। उनी कालिका आधारभूत विद्यालयका शिक्षक हुन् ।
हत्यामा भरुवा बन्दुक प्रयोग भएको देखिएको प्रहरीले जानकारी दिएको छ । सदरमुकामबाट १० घण्टा टाढाको दुरीमा रहेको घटनास्थलमा इन्स्पेक्टर नेतृत्वको प्रहरी टोली पुगेको छ । स्कुल परिसरमा भेटिएको उनको शव प्रहरीले मुचुल्का गरेर पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी गरिरहेका छन् । घटना बिहीबार साँझको भएको बताइएको छ ।

