Skip to content

नेपाल प्रहरीको वेबसाइट, अनलाइन ट्राफिक नियम उल्लङ्घन जरिवाना भुक्तानी प्रणाली लगायतका सेवा अवरुद्ध

काठमाडौं ११ /कार्तिक
प्राविधिक समस्याका कारण नेपाल प्रहरीका मुख्य डिजिटल तथा अनलाइन सेवा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले बुधबार एक सूचना जारी गर्दै प्राविधिक समस्या देखिएकाले वेबसाइट, मोबाइल एप लगायतका प्रणाली सञ्चालनमा अवरोध आएको जानकारी दिएको हो ।

सूचनाअनुसार हाल नेपाल प्रहरीको आधिकारिक वेबसाइट, नेपाल प्रहरी मोबाइल एप, अनलाइन भर्ना छनोट प्रणाली तथा अनलाइन ट्राफिक नियम उल्लङ्घन जरिवाना भुक्तानी प्रणालीको प्रयोग प्रभावित भएको छ । यी प्रणाली अवरुद्ध हुँदा अनलाइनमार्फत ट्राफिक जरिवाना तिर्न, भर्नासम्बन्धी फाराम भर्न तथा मोबाइल एप र वेबसाइटमार्फत प्रहरी सेवा लिन खोज्ने सेवाग्राहीलाई असुविधा पुगेको छ ।

सेवा अवरुद्ध भएपछि सेवाग्राहीलाई पर्न गएको कठिनाइप्रति नेपाल प्रहरीले क्षमा मागेको छ । साथै, प्राविधिक समस्यालाई समाधान गरी अवरुद्ध भएका सबै प्रणालीहरूलाई चाँडोभन्दा चाँडो पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

 

Hide Ads for Premium Members by Subscribing
Hide Ads for Premium Members. Hide Ads for Premium Members by clicking on subscribe button.
Subscribe Now