Skip to content

२२ वर्षीया यूवतीलाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

कैलाली ११/ कार्तिक 
जबरजस्ती करणी गरेको आरोपमा कञ्चनपुरमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका वडा न।५ भकुण्डाका २१ वर्षीय चरण चौधरी रहेका छन् ।

प्रहरीका अनुसार एक २२ वर्षीया यूवतीलाई जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार दिउँसो पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।