कालिकोट । जिल्लाकाे तिलागुफा नगरपालिकामा आईतबार दिउँसो कालिका मा.वि खल्लाका छात्राको मुहारमा एक्कासी खुसी छाएकाे छ। महिनावारी भएका बेलामा पनि अब विद्यालयमा नियमित हुन सहयोग पुगेको भन्दै उनिहरु खुसी भएकाे पाईएकाे छ। नगर उपप्रमुख महेन्द्र बहादुर शाहीले ११ वटा विद्यालयलाई निःशुल्क सेनिटरी प्याड वितरण गर्दा उनिहरुमा खुसीको सिमानै थिएन्।
विद्यालयमा महिनावारी हुदा समस्यामा रहेको कक्षा ६ देखि ८ सम्मका छात्रालाई नगरपालिकाले नियमित उपस्थित गराउन निःशुल्क वितरण गरेको थियो । छात्रालाई महिनावारी भएको बेलामा पनि विद्यालयमा नियमित गराउने उद्देश्यले विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराएको हो ।
कक्षा ६ देखि ८ सम्म अध्ययनरत छात्रालाई लक्षित गरी नगरपालिकाले निःशुल्क रुपमा सेनेटरी प्याड उपलब्ध गराएको नगरपालिका उप–प्रमुख महेन्द्र बहादुर शाहीले बताए । सरकारले विगत तिन वर्षदेखि सामुदायिक विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराउँदै आएको छ ।
नगरपालिकले नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालय अन्तरर्गत सशर्त कार्यक्रमका रुपमा प्राप्त बजेटबाट नियमानुसार खरिद गरी सरकारले तोकेको मापदण्ड अनुसारको प्याड वितरण गरेको उनले बताए ।
यो सँगै तिलागुफाका ११ मावि र एक आधारभूत विद्यालयमा गरी (बिस लाख चैसठि हजार)को प्याड उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।
प्याडको प्राप्ति,संरक्षण,वितरण,व्यवस्थापन र अभिलेखनका लागि प्रत्येक विद्यालयमा एक महिला शिक्षकलाई संयोजक तोकिएको छ । संयोजकले छात्रालाई आवश्यकता अनुसार वितरण गर्ने,यसको सही ढङ्गले प्रयोग गर्नेबारे प्रशिक्षण र सहजीकरण गर्ने,शौचालयमा प्याड डिस्पोजल विन राख्न लगाई सहीरुपमा बिसर्जन गर्न लगाउने काम गर्नेछन् । नगरपालिकाले चालू आर्थिक वर्षमा पनि यस कार्यक्रमलाई निरन्तरता दिएको छ ।
महिनावारी भएका बेला छात्रा नियमित विद्यालय नआउने समस्या रहेको कालिका मा.विका प्रधानाध्यापक देबिभक्त न्यौपानेले बताए उनले भने ‘विद्यालयमै प्याड उपलब्ध हुने भएपछि विद्यार्थी नियमित विद्यालय आउँछन्,यसले उनीहरुको पढाइमा समेत असर पर्दैन्। यो कार्यक्रमलाई नगरपालिकाले निरन्तरता दिनुपर्छ ।’
SOaYIqdFH
QPtHvRaTf
Although a few genes appeared in each library individually, many genes are shared more than two libraries Figs priligy review members