Skip to content

च्याउ खोज्न जंगल गएका कञ्चनपुर १४ जना महिला सम्पर्कविहीन,खोजिकार्य जारी

कैलाली ४/ साउन
कञ्चनपुरमा च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन भएका छन्।भीमदत्त नगरपालिका वडा न.१९ को दशरथ टोल बस्ने ती महिलाहरु बागफाँटाबाट सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ। उनीहरू आइतबार बिहान ११ बजेतिर च्याउ टिप्न जंगलतिर गएको खुलेको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मालुमेला पोष्टबाट निकुञ्ज भित्र छिरेका दशरथ टोल बस्ने सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, बिमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार सम्पर्कविहीन भएको रावतले बताए। उनीहरू ९ जना र ५ जनाको समूह बनाएर च्याउ खोज्न हिंडेका थिए । सम्पर्कविहीन भएकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।