2.5kViews
1193
Shares
काठमाडौँ ३ /साउन
स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा एक हजार ९ सय रुपैयाँ र चाँदी ४० रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ८४ हजार रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार २४० रुपैयाँ निर्धारण भएको छ ।
गत शुक्रबार एक तोला सुन दुई लाख ८२ हजार १०० र चाँदी चार हजार २०० मा खरिदबिक्री भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ३१ र चाँदी ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

