Skip to content

जानकीमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

लम्की १४/ भदौ
कैलालीको जानकीमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बसको ठक्करबाट जोशीपुर गाउँपालिका वडा न.५ का २३ वर्षका सागर डंगौराको मृत्यु भएको प्रहरीले जनाएको छ । जानकी गाउँपालिका वडा न. ४ रामजानकी मन्दिर नजिक रेन्बो एकेडेमी स्कुलको सुदूरपश्चिम प्रदेश ०१–००१ क २७८६ नम्बरको बसले सुदूरपश्चिम प्रदेश ०१–००८ प ५६२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको पछाडी सवार सोही ठाउँ बस्ने १४ वर्षीय अनिल चौधरी घाइते भएका छन्। अनिलको टीकापुर अस्पतालमा उपचार भइरहेको छ। बस र बसका चालक तुल्सीराम चौधरीलाई इलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको जनाइएको छ।

About The Author