Skip to content

नेशनल लघुवित्त र निसर्ग हस्पिटल संगै मष्टा एग्रो स्टोर्स एण्ड सप्लायर्स बिच भयो सम्झौता

कैलाली /१० असार
नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड अनुगमन कार्यालय अत्तरिया, कैलालीका अनुगमन अधिकृत अमरेश कुमार कुशवाहा र निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. धनगढी, कैलालीका अध्यक्ष तिर्थ राजपन्त बिच २०८२ साल असार ९ गते सोमबारका दिनदेखी १ वर्षको लागि नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारी तथा ग्राहक सदस्यहरुको उपचार सेवामा यस अस्पतालबाट विभिन्न शिर्षकहरुको तपसिल बमोजिमको सेवाहरुमा छुट दिने गरी सफलतापूर्वक सम्झौता भएकोछ ।
निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि.धनगढी, कैलालीबाट तपसिलका सेवाहरुमा छुट प्राप्त हुनेछ ।

त्यसै गरी नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड र मष्टा एग्रो स्टोर्स एण्ड सप्लायर्स बिच पशु तथा कृर्षीजन्य बस्तुहरुको खरीदमा छुट सम्झौता भएको छ ।नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड अनुगमन कार्यालय अत्तरिया, कैलालीका अनुगमन अधिकृत अमरेश कुमार कुशवाहा र मष्टा एग्रो स्टोर्स एण्ड सप्लायर्स गोदावरी, कैलालीका प्रोप्राईटर जनक राज रेग्मी बिच मिति २०८२ साल असार ९ गते सोमबारका दिनदेखी १ वर्षको लागि नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहक सदस्यहरुले पशु तथा कृर्षीजन्य बस्तुहरुको खरीदमा यस सप्लायर्सबाट विभिन्न शिर्षकहरुको तपसिल बमोजिमको बस्तुहरुमा छुट दिने गरी सम्झौता भएको हो।
मष्टा एग्रो स्टोर्स एण्ड सप्लायर्स गोदावरी, कैलालीबाट तपसिलका बस्तुहरुमा छुट प्राप्त हुनेछ ।

About The Author