Skip to content

कैलाली २ का सांसद चौधरी विरुद्धको रिट खारेज;सांसद पद जोगियो 

माघ ३ /लम्की
कैलाली क्षेत्र न.२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अरुण कुमार चौधरी विरुद्धको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । अधिवक्ता वसन्त जोशीले निर्वाचन आयोगलाई समेत विपक्ष बनाई दायर गरेको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासले खारेज गरेको हो ।
सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल,कुमार रेग्मी,हरिप्रसाद फुयाँल र मनोजकुमार शर्माको संवैधानिक इजलासले सांसद चौधरी विरुद्धको रिट खारेज गरेको हो ।
प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीले २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दर्ता गर्दा पेश गरेको मनोनयन पत्रमा जानी जानी झुठो विवरण पेश गरेको र निज अरुणकुमार चौधरीको नेपालको संविधानको धारा ८७ बमोजिम प्रतिनिधि सभा सदस्यका लागि योग्यता नपुगेको भनी अधिवक्ता वसन्त जोशीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

About The Author