Skip to content

क्रिश्चियन पास्टका गतिविधि विरुद्ध शहिद स्मृति विद्यालयले निकाल्यो प्रेस विज्ञप्ति

पौष ९ /लम्की
कैलालीको लम्कीचुहा नगरपालिका वडा न.१ मा रहेको शहिद स्मृति माध्यमिक विद्यालयले लम्की सामुदायिक चर्चाका पास्ट जन्मजय भट्टराइले शैक्षिक सामाग्री वितरण गर्न समय मागी क्रिसमस पर्वको शुभकामना दिने क्रममा ती बाहेकका विषयवस्तु धर्म प्रचार हुने गरी प्रस्तुत गरेको अशोभनीय कार्य प्रति विद्यालयको गम्भीर ध्यानाकर्षण भएको प्रेस विज्ञप्ति जारी गरेको छ । पौष ३ गते विद्यालयमा भएको अशोभनीय कार्यका विषयमा मङ्गलवार विद्यालयको प्रांगणमा पत्रकार सम्मेलन गर्दै विद्यालयका अध्यक्ष गणेश प्रसाद ढकाल,शिक्षक अभिभावक सङ्घका अध्यक्ष पवित्रा विश्वकर्मा र प्रधानाध्यापक पूर्ण प्रसाद जैशीको संयुक्त हस्ताक्षर भएको प्रेस विज्ञप्ति निकालिएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई धनगढी कैलाली र शिक्षा युवा तथा खेलकुद शाखा भल्का कैलालीलाई बोधार्थ लेखिएको प्रेस विज्ञप्तिमा भनिएको छप्रस्तुत विषय सम्बन्धमा क्रिसमस पर्वको उपहार वितरण सम्बन्धी लम्की सामुदायिक चर्चका पास्टर जन्मजय भट्टराइले सम्पर्क गरी यस विद्यालयमा अध्ययनरत ३० जना विपन्न तथा जेहन्दार विद्यार्थीहरूलाई क्रिसमस पर्वको अवसरमा झोला, पोसाक तथा खेलकुद सामाग्रीहरू उपहार स्वरूप हस्तान्तरण गर्न समय माग गरेकोले मिति २०८१ साल पौष महिनाको ३ गते दिनको ३.४५ बजेको समयमा १५ मिनेटको समय दिइएकोमा निज पास्टरले उक्त सामाग्री हस्तान्तरणका क्रममा क्रिसमस पर्वको शुभकामना दिने क्रममा ती बाहेकका विषयवस्तु धर्म प्रचार हुने गरी प्रस्तुत गरेको अवस्थामा मौखिक असहमति जनाएको थियौँ । केही दिन पश्चात् विद्यालयको गरिमामा आँच आउने गरी भिडियो सामाजिक सञ्जालमा अपलोड गरेकाले त्यस प्रकारको कार्यले समाज र अभिभावकमा भ्रम सिर्जना हुन गएको हुँदा त्यस्तो कार्यप्रति विद्यालय परिवारको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त कार्यप्रति आपत्ति जनाउँदै आगामी दिनमा त्यस्ता कार्य हुन नदिन विद्यालय परिवार सचेत रहनेछ” ।

हेर्नुहोस प्रेस विज्ञप्ति

 

About The Author