Skip to content

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्य र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहका बीच संयुक्त संवाद सम्पन्न;कर्णाली नदीको विवाद समाधान गर्न कार्यदल गठन

पुष ४/कैलाली
कर्णाली नदीको स्रोत उपभोगको विवाद समाधान गर्न लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको बीचमा संयुक्त संवाद भएको छ । संयुक्त संवाद पश्चात सुदूरपश्चिम र लुम्बिनी प्रदेशको संयुक्त कार्यदल गठन गरिएको छ। कर्णाली नदीको स्रोत उपभोग तथा संरक्षणका क्षेत्रमा देखिएका समस्या समाधान गर्न दुई प्रदेशको संयुक्त सुझाव कार्यदल गठन गरिएको हो।

कर्णाली नदीको नदीजन्य स्रोतको उपयोग तथा संरक्षणको विषयमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको बीचमा बुधवार संयुक्त संवाद भएको छ। लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा सुझाव कार्यदल गठन गरिएको हो। कार्यदलमा सुदूरपश्चिम प्रदेश सरकारका सचिव सदस्य, दुवै प्रदेशका वन मन्त्रालयका प्रतिनिधि, नदी तटीय क्षेत्रसँग जोडिएका स्थानीय तहका प्रतिनिधि, निकुञ्जका प्रतिनिधि, नापी कार्यालयका प्रतिनिधिलगायत सदस्य रहने छन्। यो समितिले तीन तहका सरकारसँग जोडिएका समस्याको पहिचान गर्ने र समाधानका लागि विकल्पसहित प्राथमिकता निर्धारण गरेर सुझाव दिनेछ।

 

 

About The Author