2.5kViews
1401
Shares
मंसिर १९/ लम्की
नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड र लम्कीमा रहेको लालरत्न अस्पतालका विचमा उपचार सेवा सम्झौता भएको छ । लम्कीचुहाबाट उपचार सेवा लिदा अन्तरङ्ग तथा बहिरङ्ग सेवाका विभिन्न शिर्षकहरुमा उपचार सेवा सम्झौता भएको हो । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाका अनुगमन अधिकृत अमरेश कुमार कुसबाहा र लालरत्न अस्पतालका प्रबन्ध निर्देशक लिलाराज बिष्टले बुधवार सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो ।
सम्झौता पत्रमा लेखिएको छ “यस नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारीहरु तथा ग्राहक सदस्यहरु र तिनका एकाघर परिवारका
सदस्यहरुलाई सेवा उपलब्ध गराउने । संस्थाको कार्ड तथा सिफारीसको आधारमा सेवा लिएका ग्राहक वर्गलाई बिल भुक्तानीमा छुट दिइनेछ”।
यस्तो छ सम्झौता पत्र