Skip to content

वीरेन्द्र विद्या मन्दिरको स्वर्ण महोत्सव फागुन ९ गते देखि सुरु;राष्ट्रपतिले उद्घाटन गर्ने

मंसिर १६ /लम्की
कैलालीको टीकापुरमा रहेको वीरेन्द्र विद्या मन्दिरको स्वर्ण महोत्सव आगामी फागुन ९ गते देखि १६ गते सम्म हुने भएको छ । टीकापुर आवासीय माध्यमिक विद्यालयका नामबाट २०३१ फागुन ७ गते स्थापना भएको विद्यालयल स्थापनाको ५०औं वर्ष पुगेको अवसरमा स्वर्ण महोत्सव मनाउने लागिएको हो । सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालित वीरेन्द्र विद्या मन्दिरको स्वर्ण महोत्सवलाई राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको आइतवार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।

तीन दिनसम्म आयोजना हुने महोत्सवमा विद्यालय र क्याम्पसमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वलाई अभिनन्दन कार्यक्रम, स्वर्ण महोत्सव स्मारिका प्रकाशन, स्वर्ण महोत्सव स्तम्भ निर्माण आदि कार्यक्रमहरु समावेश गरिएको संयोजक रावलले जानकारी दिए । रावलको अनुसार स्वर्ण महोत्सवको उद्घाटन राष्टपति रामचन्द्र पौडेलले गर्ने कार्यक्रम तय गरिएको छ ।

स्वर्ण महोत्सव सञ्चालनका लागि ५९ लाख ८५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । उक्त रकम विभिन्न सहयोगीदाता, स्मारिकाको विज्ञापन, प्रदेश तथा स्थानीय सरकारको सहयोगबाट संकलन गरिने स्वर्ण महोत्सव आयोजक मुल समितिका संयोजक नवराज रावलले बताएका छन ।

स्वर्ण महोत्सवको अनुगमन तथा समन्वयको संयोजकमा कीर्तिसिंह बम, आर्थिक व्यवस्थापन समितिमा जगदिश्वर पण्डित, झाँकी व्यवस्थापनमा कृष्णप्रसाद बजगाईं, साँस्कृतिक व्यवस्थापनमा प्रेमबहादुर चौधरी, अतिथि तथा सम्पर्क व्यवस्थापनमा चेतमान खत्री, मञ्च निर्माण तथा व्यवस्थापनमा वीरेन्द्र साउँद, ब्याच, फूलमाला, खाना व्यवस्थापनमा प्रकाश खड्का, प्रस्तावना लेखनमा धर्मबहादुर विष्ट, स्काउट, मार्चपास तथा स्वयंसेवक व्यवस्थापनमा कमला कोइराला, अभिनन्दन तथा सम्मान पत्र व्यवस्थापनमा फणेन्द्रराज रेग्मी संयोजक रहेका छन् ।

About The Author