कार्तिक २७/लम्की
नेपाल रेडक्रस सोसाइटी जानकी उपशाखाको २५ औं स्थापना दिवशको अवसरमा सोमवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
जानकी गाउँपालिका वडा नं.८ जवलपुर थित नेपाल रेडक्रस सोसाइटी जानकी उपशाखा प्राङ्गणमा ने.रे.सो. रक्तसंचार केन्द्र टिकापुरको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा १० पिन्ट रगत संकलन भएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जानकी उपशाखा स्थापनाकाल देखि हाल सम्मका सभापतिहरू बल बहादुर रावल, प्रेम बहादुर बुढा र लाल बहादुर थापालाई सम्मान सहित रेडक्रसको लोगो र कार्यकाल नामाकिंत सहितको फोटो मायाको चिनो स्वरूप प्रदान गरिएको थियो । २०५६ कार्तिक २६ गते स्थापना भएको नेपाल रेडक्रस सोसाइटी जानकी उपशाखाले बिपद् व्यवस्थापनका क्षेत्रमा तालिम, खोज तथा उद्धार कार्यमा सहयोग, राहत वितरण, स्वयंमसेवक परिचालन, रक्तदान कार्यक्रम, जुनियर/युवा रेडक्रस सर्कल सम्बन्धी कार्यक्रम र एम्बुलेन्स सेवा प्रदान लगायतका कार्य गर्दै आएको उपशाखा सभापति भरत बहादुर थापाले बताउनु भएको छ ।