लम्कीचुहाकी मेयर सुशीला शाही नगर विकास कोष सञ्चालक समितिको सदस्यमा मनोनीत Sanghiya NewsAugust 8, 2024 9.9kViews 1088 Shares Share on Facebook Share on Twitter साउन २४/लम्की कैलालीको लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाही नगर विकास कोष सञ्चालक समितिको सदस्यमा मनोनीत भएकी छन् । मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले मेयर शाहीलाई नगर विकास सञ्चालन समितिको सदस्यमा मनोनीत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बताएका छन् । त्यस्तै नगर विकास कोषमा रिक्त रहेको कार्यकारी निर्देशक पूर्ति नभएसम्म बढीमा तीन महिनाको लागि काम गर्ने गरी कोषका वरिष्ठ कर्मचारी उप-प्रबन्धक प्रा. राजेशकुमार भोछिभोयालाई तोक्ने, नगर विकास कोष ऐन, २०५३ को दफा १४ को उपदफा २ (घ) बमोजिम नगर विकास कोष सञ्चालक समितिको सदस्य पदमा कोशी प्रदेशबाट रहेली नगरपालिका प्रमुख दिलीपकुमार अग्रवाल, मधेस प्रदेशबाट बरहथवा नगरपालिका प्रमुख कल्पना कटुवाल, बागमतीप्रदेशबाट गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक रिसाल, गण्डकी प्रदेशबाट पोखरा महानगरपालिका उपप्रमुख मञ्जु गुरुङ, लुम्बिनी प्रदेशबाट तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँड, कर्णाली प्रदेशबाट पञ्चपुरी नगरपालिका प्रमुख लालवीर भण्डारी र सुदूरपश्चिमबाट लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाहीलाई मनोनित गरिएको हो ।