Skip to content

मनसुन सक्रिय हुँदै ;आगामी ३ दिन रातिको समयमा भारी वर्षा हुने

साउन १३ /काठमाडौं
आगामी तीन दिन रातिको समयमा भारी वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । कुनै-कुनै ठाउँमा भने अति भारी वर्षाको समेत सम्भावना छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिन अघिल्ला दिनको तुलनामा मनसुन गतिविधि अलि सक्रिय हुने बताएको छ। ‘त्यसक्रममा आज, भोलि र पर्सि रातिको समयमा भारी वर्षा हुने सम्भावना छ,एक-दुई स्थानमा अति भारी वर्षा हुने पनि देखिन्छ ।

 

About The Author