4.4kViews
1551
Shares
असार २५ /लम्की
कैलालीको लम्कीचुहा नगरपालिकाले ३ जना कर्मचारीहरूलाई सम्मान गरेको छ । तिन वटा विधामा उत्कृष्ट भएका कर्मचारीहरूलाई १३ औँ नगर सभाको अवसरमा नगर प्रमुख सुशीला शाही,उप प्रमुख जुना चौधरी र प्रमुख प्रशासकीय अधिकृत माधव कुमार जैशीले सम्मान गरेका हुन ।
सम्मानित हुने कर्मचारीहरूमा स्वास्थ्य शाखा प्रमुख सी अहे ब छैटौँ तहका कर्मचारी जयन्ती बिसी,शिक्षा शाखामा कार्यरत सहायक चौथो तहका कर्मचारी जोती चौधरी र स्टोर शाखामा कार्यरत मुखिया लिल बहादुर खत्री रहेका छन् ।