Skip to content

लम्कीचुहा नगरपालिकाको बजेट १ अर्ब १० करोड भन्दा बढी

असार २५ /लम्की
कैलालीको लम्कीचुहा नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागी १ अर्ब १० करोड ६६ लाख ११ हजार बराबरको बजेट ल्याएको छ । लम्कीचुहा नगरपालिकाको १३ औँ नगर सभाको दोस्रो बैठकमा लम्कीचुहा नगरपालिका उप प्रमुख जुना चौधरीले उक्त बजेट प्रस्तुत गर्नु भएको हो ।

पालिकाले आगामी आर्थिक वर्षको लागी चालु खर्च तर्फ ७० करोड ३९ लाख १ हजार र पुँजीगत खर्च तर्फ ४० करोड २६ लाख ४० हजार विनियोजन गरेको छ ।

About The Author