35.4kViews
1817
Shares
असार २० /लम्की
असार १३ गते सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा हृदय न्यौपाने सामुदायिक विद्यालयका तर्फबाट लम्कीचुहा नगरपालिका प्रथम भएका छन् । लम्कीचुहा नगरपालिका वडा न.६ बाघमारमा रहेको कृष्ण माध्यमिक विद्यालयका हृदय न्यौपानेले ३.८४ (जिपिए) ल्याएर लम्कीचुहा प्रथम भएका हुन । कृष्ण माध्यमिक विद्यालय, लम्कीचुहा नगर शिक्षा समिति सदस्य गजेन्द्र शाही प्रधानाध्यापक रहेको विद्यालय हो ।
लम्कीचुहा नगरपालिका वडा न.१ मा रहेको सरस्वती माध्यमिक विद्यालयबाट (एसइई) मा १ जना विद्यार्थी मात्रै पास भएका छन् । ३४ जना विद्यार्थीहरू (एसइई) परीक्षामा सहभागी भएका भएता पनि १ जना सागर न्यौपाने मात्रै पास भएका छन् । सागरले २.७२ (जिपिए) प्राप्त गरेका छन् ।
यस्तो छ लम्कीचुहाका सामुदायिक विद्यालयको (एसइई) रिजल्ट
लम्कीचुहा नगरपालिका भित्र २२ वटा सामुदायिक विद्यालयहरू छन् । जस मध्य सबै भन्दा बढी विद्यार्थी पास हुने विद्यालयमा राष्ट्रिय माध्यमिक विद्यालय मोतिपुर रहेको छ । मोतिपुरबाट २०८० सालमा भएको (एसइई) परीक्षामा ६७ जना विद्यार्थी पास भएका छन्,उसो त राष्ट्रिय माध्यमिक विद्यालय मोतिपुर कैलाली जिल्लामै सामुदायिक विद्यालय तर्फ सबै भन्दा बढी विद्यार्थी पास हुने विद्यालयमा पर्दछ । ११४ जना विद्यार्थी राष्ट्रिय माध्यमिक विद्यालय मोतिपुरबाट (एसइई) परीक्षामा सहभागी भएका थिए जस मध्य ६७ जना पास भएका छन् ।
लम्कीचुहा नगरपालिका शिक्षा अधिकृत गौरीकान्त न्यौपानेका अनुसार ,कालिका मा.बि.भुरुवाबाट परीक्षामा सहभागी ८८ जना विद्यार्थीहरू मध्य २७ जना पास भएका छन्,दीपेन्द्र मा.बि.थपालिपुरबाट ५७ जनामा २८ जना विद्यार्थी पास भएका छन्,सहिद स्मृती मा.बि.पूर्व लम्कीबाट ३७ जनामा ७ जना विद्यार्थी पास भएका छन्, बालकल्याण मा .बि .भुरुवाबाट ८६ जनामा १९ जना विद्यार्थी पास भएका छन्, जनसेवा मा.बि.गणेशपुरबाट ११७ जनामा ३३ जना विद्यार्थी पास भएका छन्, राष्ट्रिय म.बि.बल्चौरबाट १०५ जनामा २० जना विद्यार्थी पास भएका छन्, नेपाल राष्ट्रिय कर्णाली मा.बि.चिसापानीबाट ४९ जनामा २१ जना विद्यार्थी पास भएका छन्,जनता मा.बि.चौरिपुरबाट ९४ जनामा १८ जना विद्यार्थी पास भएका छन्,सरस्वती मा.बि. कौवापुरबाट ६४ जनामा २३ जना विद्यार्थी पास भएका छन्,नव जीवन मा.बि.बलियाबाट ७४ जनामा २४ जना विद्यार्थी पास भएका छन्,जन जागृती मा.बि. चौरीबाट १२५ जनामा ३० जना विद्यार्थी पास भएका छन्,जन प्रभात मा.बि.तिलकपुरबाट ५९ जनामा १६ जना विद्यार्थी पास भएका छन्,राष्ट्रिय मा.बि.थापापुरबाट ३५ जनामा ३ जना विद्यार्थी पास भएका छन्,कृष्ण मा.बि बाघमाराबाट ४३ जनामा १४ जना विद्यार्थी पास भएका छन्,बालसेवा मा.बि.चाकाबाडीबाट ५० जनामा १० जना विद्यार्थी पास भएका छन्,राष्ट्रिय मा.बि. बामनपुरबाट २४ जनामा ३ जना विद्यार्थी पास भएका छन्,राष्ट्रिय मा.बि.गप्काबाट ६२ जनामा ८ जना विद्यार्थी पास भएका छन्,नवदुर्गा मा.बि.मलभंगाबाट ६५ जनामा १९ जना विद्यार्थी पास भएका छन् ।
त्यस्तै लम्कीचुहा नगरपालिका वडा न.९ मा रहेको सरस्वती मा.बि.प्रतापपुरबाट (एसइई) परीक्षामा सहभागी भएका १६४ जनामा ५६ जना विद्यार्थी पास भएका छन् भने राष्ट्रिय नव जागृत मा.बि.चुहाबाट ७३ जनामा ७ जना विद्यार्थी पास भएका छन् ।
लम्कीचुहा नगरपालिकाबाट २०८० सालमा भएको (एसइई) परीक्षामा २२ वटा सामुदायिक विद्यालयका १६१९ जना विद्यार्थीहरूले परीक्षा दिएका थिए ति मध्य ४५६ जना विद्यार्थीहरू पास भए भने ११६३ जना विद्यार्थी फेल भएका छन् ।