असार १६ /लम्की
असार १३ गते सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा ९एसइई० को नतिजामा लम्कीचुहा नगरपालिका कैलाली जिल्लामै प्रथम भएको छ । लम्कीचुहा नगरपालिकाबाट २४ वटा सामुदायिक विद्यालय र १५ वटा संस्थागत विद्यालयका गरी २ हजार १ सय ७४ जना विद्यार्थीहरू (एसइई) परीक्षामा सहभागी भएका थिए जस मध्य सामुदायिक विद्यालयका ४४२ जना र संस्थागत विद्यालयका ३७६ जना गरी लम्कीचुहा नगरपालिकाबाट ८१८ जना विद्यार्थी पास भएका छन् । लम्कीचुहा नगरपालिकाका सामुदायिक विद्यालयबाट २५ प्रतिशत विद्यार्थी पास भएका छन् भने संस्थागत विद्यालयहरूबाट ९४.४७ प्रतिशत विद्यार्थी पास भएका छन् जुन कैलाली जिल्लाकै सबै भन्दा बढी हो । जिल्ला भरिका सामुदायिक र संस्थागत विद्यालयहरूमा सबै भन्दा बढी विद्यार्थी पास लम्कीचुहा नगरपालिकाबाट भएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई ,कैलालीका शाखा अधिकृत प्रताप सिंह धामीका अनुसार “(एसइई)मा सामुदायिक विद्यालय तर्फ धनगढी उप महानगरपालिकाबाट २४ प्रतिशत विद्यार्थी पास भएका छन् , गौरिगंगा नगरपालिका २१ प्रतिशत विद्यार्थी पास भएका छन्,घोडाघोडी नगरपालिकाबाट २० प्रतिशत विद्यार्थी पास भएका छन् ,जोशिपुर गाउँपालिकाबाट १८ प्रतिशत विद्यार्थी पास भएका छन्,गोदावरी नगरपालिकाबाट १७ प्रतिशत विद्यार्थी पास भएका छन्,बर्दगोरिया गाउँपालिकाबाट १६ प्रतिशत विद्यार्थी पास भएका छन्,टीकापुर नगरपालिकाबाट १५ प्रतिशत विद्यार्थी पास भएका छन्,जानकी गाउँपालिकाबाट १० प्रतिशत विद्यार्थी पास भएका छन्,कैलारी गाउँपालिकाबाट ९ प्रतिशत विद्यार्थी पास भएका छन्,मोहन्याल गाउँपालिकाबाट ८ प्रतिशत विद्यार्थी पास भएका छन्,चुरे गाउँपालिकाबाट ६ प्रतिशत विद्यार्थी पास भएका छन् भने सबै भन्दा कम विद्यार्थी भजनी नगरपालिकाबाट २ प्रतिशत पास भएका छन् ।”