2.9kViews
1745
Shares
असार १५ /लम्की
असार १३ गते सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मोहन्याल गाउँपालिकाका २ वटा विद्यालयहरूमा शून्य नतिजा आएको छ । ९ वटा माध्यमिक विद्यालय रहेको मोहन्याल गाउँपालिकामा,वडा न.३ मा अवस्थित भैरवमाला राष्ट्रिय माध्यमिक विद्यालय,सुगरखाल र वडा न.१ मा अवस्थित मोहन्याल माध्यमिक विद्यालय बडिकाथाईको नतिजा शून्य आएको हो । (एसइई) परीक्षा २०८० मा भैरवमाला माध्यमिक विद्यालयबाट २२ जना र मोहन्याल माध्यमिक विद्यालयबाट २७ जना विद्यार्थी सहभागी थिए,परीक्षामा सहभागी सबै विद्यार्थीहरू फेल भएका छन् ।
७ विद्यालयबाट ४२ जना विद्यार्थी पास
मोहन्याल गाउँपालिकामा ९ वटा माध्यमिक विद्यालयहरू सञ्चालनमा छन् । सबै भन्दा बढी विद्यार्थी पास हुने विद्यालयमा राष्ट्रिय मा.वि.सोल्टा रहेको छ । राष्ट्रिय मा.वि.सोल्टाबाट १९ जना विद्यार्थी (एसइई)मा पास भएका छन्,उक्त विद्यालयबाट ६५ जना विद्यार्थी (एसइई) परीक्षामा सहभागी भएका थिए । त्यस्तै गरी भृकुटी माध्यमिक विद्यालय खिमडीबाट परीक्षामा सहभागी ३५ जना मध्य १० जना पास भएका छन्,त्रिवेणी माध्यमिक विद्यालय बडिगाउँबाट ५० जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए भने ५ जना विद्यार्थी पास भएका छन् । महेन्द्र माध्यमिक विद्यालय कोल्तडीबाट १६ जना विद्यार्थी परीक्षामा सहभागी भएकाहरू माध्य ३ जना विद्यार्थी पास भएका छन् । शान्ति माध्यमिक विद्यालय फलेबिसौनाबाट परीक्षामा सहभागी ४५ जना विद्यार्थीहरू मध्य १ जना मात्रै पास भएका छन् भने १६ जना विद्यार्थी (एसइई)मा सहभागी भएको कालिका माध्यमिक विद्यालय अजिङ्गरेबाट १ जना मात्रै विद्यार्थी पास भएका छन् । (एसइई) परीक्षा २०८० मा मोहन्याल गाउँपालिकाबाट सहभागी ९ वटा विद्यालय मध्य २ वटा विद्यालयको नतिजा शून्य आएर निल भए भने ७ वटा विद्यालयबाट सहभागी २४९ मध्य ४२ जना पास भएका छन् ।