Skip to content

अनेरास्ववियु कैलालीको अध्यक्षमा खड्का र सचिवमा न्यौपाने सर्वसम्मत निर्वाचित

असार ८ /लम्की
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) कैलालीको अध्यक्षमा कुबेर खड्का सर्वसम्मत चयन भएका छन्। कैलालीको मध्यवती क्षेत्र सुखडमा शुक्रबार सम्पन्न अनेरास्ववियुको १७औँ कैलाली जिल्ला अधिवेशनबाट खड्काको अध्यक्षतामा ३३ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत चयन गरिएको छ।

जिल्ला कार्य समितिको उपाध्यक्षमा भगवती साउँद र पुष्प सुवेदी ,सचिवमा हरिश न्यौपाने सर्वसम्मत चयन भएका छन। सहसचिव भने जिल्ला कमिटि बैठकले मनोनित गर्ने छ । सहसचिव बाहेकका अन्य पदाधिकारी र सदस्यहरु भने सर्वसम्मत चयन भएका हुन्।

अध्यक्षमा निर्वाचित खड्का ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियु सभापति समेत हुन्। २०७३ सालदेखि अनेरास्ववियुमा क्रियाशिल खड्काले एक कार्यकाल जिल्ला कमिटि सदस्य भएर काम गरेका थिए भने पछिल्लो समय उनी सहसंयोजकको भूमिकामा थिए।

 

About The Author