Skip to content

संसद भवनमा कार्यरत प्रहरी जवानले आफ्नै निदारमा हाने गोली ;घटनास्थलमै मृत्यु

असार ५/ काठमाडौं
संघीय संसद भवनमा कार्यरत् नेपाल प्रहरीका जवान अजित गोलेको मृत्यु भएको छ । बिहान ६ बजेदेखि ड्यूटीमा बसेका अजितले शौचालय छिरेर आफैँलाई  गोली हानेका थिए । प्रहरीको विशेष सुरक्षा दस्ता (एसटीएफ) मा कार्यरत् रहेका उनले आफैँले बोकेको पेस्तोलले निधारमा गोली हानेको र घटनास्थलमै मृत्यु भएको प्रहरी स्रोतले बतायो ।

२२ वर्षीय प्रहरी जवान अजितले दुई नम्बर गेटको शौचालायमा छिरेर गोली हानेका थिए । उनी नेपाल प्रहरीमा ३ वर्षदेखि कार्यरत् थिए ।