4.7kViews
1475
Shares
कृष्ण थापा
चैत २६ /लम्की
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको अभिकर्ता नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम लम्कीमा सम्पन्न भएको छ । कम्पनीका सहायक महाप्रबन्धक टीका दत्त प्याकुरेलको विशेष उपस्थितिमा तालिम विभाग प्रमुख योगेन्द्र खतिवडा, क्षेत्रीय प्रबन्धक पदम बहादुर राना कर्णाली प्रदेश प्रमुख देश राम चौधरी लगायतले बिमाको महत्त्व आवश्यकता र आजको सान्दर्भिकता बारे सहभागीलाई जानकारी गराएका थिए।
लम्की ,टीकापुर र सुखड शाखाका करिब ७० जना सक्रिय अभिकर्ताहरुको सहभागी रहेको कार्यक्रमको सञ्चालन लम्की शाखा प्रमुख भीम खतिवडाले गरेका थिए।