Skip to content

कर्णाली पुलबाट हाम फालेका लोकेन्द्रको शव भेटियो

कृष्ण थापा
चैत १५ /लम्की
कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेर बेपत्ता भएका लम्कीचुहा ३ चिसापानीका लोकेन्द्र शाहीको शव भेटिएको छ । सोमबार होलीको दिन चैत १२ गते कर्णाली पुलमाथिबाट हाम फालेका १७ जनामध्ये ३० वर्षीय लोकेन्द्र शाही कर्णाली नदीमा बेपत्ता भएका थिए ।

लम्कीचुहा नगरपालिका वडा न.३ का अध्यक्ष लव बहादुर शाहीले लोकेन्द्र शाहीको शव फेला परेको संघीय न्युजलाई जानकारी दिएका छन् । चिसापानी देखी झन्डै २५ किलोमिटर टाढाको टिकापुरको सन्कट्टी घाटमा शव भेटिएको वडा अध्यक्ष शाहीले बताएका छन् । ईलाका प्रहरी कार्यालय चिसापानीको टिम शव भेटिएको स्थानमा गइरहेको ईलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख हरिराम डाँगीले संघीय न्युज सँगको संवादमा जानकारी दिएका छन् । मृतक शाहीका एक छोरा र एक छोरी छन् ।