Skip to content

घोडाघोडीमा स्लो बाइक प्रतियोगिता हुँदै;प्रथम पुरस्कार १५ हजार

फागुन १७ /लम्की
कैलालीको घोडाघोडी नगरपालिकामा स्लो बाइक प्रतियोगिताको आयोजना हुने भएको छ । बास नेपाल कैलाली र बास नेपाल घोडाघोडी उपशाखाको आयोजनामा फागुन १९ गते प्रतियोगिता आयोजना हुने भएको हो । पछिल्लो समय  नेपालमा बढिरहेको सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ स्लो बाइक प्रतियोगिताको आयोजना गर्न लागेको आयोजकले जनाएका छन् । स्लो बाइक प्रतियोगितामा प्रथम हुनेले १५ हजार द्वितीय हुनेले १० हजार र तृतीय हुनेले ५ हजार पुरस्कार पाउने छ ।