Skip to content

जेसीज तेस्रो भलिबल कप मान्ममा सुरू

कालिकोट । जिल्लामा खुल्ला पुरूष भलिबल (तेस्रो जेसीज कप), साँस्कृतिक तथा बक्तित्वकला प्रतियोगिता कार्यक्रम सदरमुकाम मान्ममा सुरु भएको छ । कर्णाली जेसीज कालिकोटको आयोजनामा सुरु भएको तेस्रो जेसीज कपको मंगलवार सदरमुकाम मान्ममा उद्घाटन गरिएको छ ।

कर्णाली जेसीज कालिकोट वर्ष २०२३ का अध्यक्ष जेसी हरि प्रसाद पाण्डेको सभाध्यक्ष खाँडाचक्र नगरपालिका नगर प्रमुख कमल बहादुर शाहीको प्रमुख आतिथ्यता,नेपाल जेसीज वर्ष २०२३ का राष्ट्रिय अध्यक्ष जेसीज सेनेटर विकास मानन्धर, महावै गाउँपालिका अध्यक्ष खेम बहादुर सिंह र नेपाली कांग्रेस कर्णाली प्रदेश प्रवक्ता एवं कर्णाली जेसीजका सल्लाहकार दमन बहादुर शाहीको विषेश आतिथ्यतामा कार्यक्रम उद्घाटन गरिएको हो ।

कार्यक्रममा राजनितिक दलका प्रमुख तथा प्रतिनिधि खेलकुद् प्रशिक्षक, नागरिक समाज र पत्रकार लगायतको सहभागिता रहेको थियो । प्रतियोगितामा सहभागि हुन टिमहरु दर्ता हुनेक्रम जारी रहेको खेलकुद संयाेजक अरूण केसीले कर्णाली पत्रिकालाई बताए ।

कर्णाली जेसीज कालिकोटले प्रत्येक वर्ष खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको कर्णाली जेसीज वर्ष २०२१ का अध्यक्ष एवं कार्यक्रम संयाेजक लक्ष्मण कुमार शाहीले जनाए । कार्यक्रमको संचालन कर्णाली जेसीज वर्ष २०२० का अध्यक्ष सविन कुमार विष्टले गरेका थिए ।