9.5kViews
1389
Shares
काठमाडौँ ४ /साउन
काठमाडौँको नयाँ बसपार्क स्थित एउटा गेस्ट हाउसमा युवतीको शव भेटिएको छ । कोठाभित्रबाट गन्ध आएपछि आइतबार गेस्ट हाउस सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । गेस्ट हाउसमा २५ वर्षीया निशा सुनुवार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
सुनुवार कैलालीको धनगढी उप-महानगरपालिका वडा न.७ घर भएर माछापोखरीमा बस्दै आएकी थिइन् । सुनुवारको हत्या भएको प्रहरीको आशङ्का छ । उनको शव पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । उनको हत्या भएको आशङ्कामा जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।

