2.7kViews
1600
Shares
काठमाण्डौ ३०/ असार
नक्कली भुटानी शरणार्थी प्रकरणका कसुरदारहरूलाई सजाय तोकिएको छ । मंगलबार काठमाण्डौ जिल्ला अदालतले पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी राज्यविरुद्धको कसुरसहित तीन वटा अपराधमा दोषी ठहर गर्दै ४ वर्ष कैद र ४० हजार जरिवाना हुने फैसला सुनाएको छ । पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई ठगी र संगठित अपराधमा सहयोगी (मतियार) को रूपमा दोषी ठहर गर्दै २ वर्ष कैद र २० हजार जरिवाना हुने फैसला सुनाएको छ।
जिल्ला न्यायाधीश तेजबहादुर खड्काको इजलासले खाणलाई भुटानी शरणार्थी प्रकरणमा ‘मतियार’ ठहर गर्दै सजाय सुनाएको हो।

