Skip to content

कैलालीमा सामुदायिक वन भित्र लुकाइएको भरुवा बन्दुक बरामद

कैलाली २५/असार
कैलालीमा भरुवा बन्दुक बरामद गरिएको छ।जिल्लाको कैलारी गाउँपालिका वडा न.५ पवेरा सामुदायिक वन भित्र लुकाई छिपाईराखेको बेबा रिसे अवस्थामा एक नाले भरुवा बन्दुक १ थान वुधबार बेलुकी प्रहरीले बरामद गरेको हो। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उक्त भरुवा बन्दुक फेला पारी बरामद गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

About The Author