Skip to content

आज सुदूरपश्चिम सरकारले बजेट ल्याउँदै

कैलाली १/असार
सुदूरपश्चिम प्रदेश सरकारले आज आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछ। प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा बजेटको आकार वृद्धि गर्ने तयारी गरेको छ।

चालु आर्थिक वर्ष २०८२/८३ मा प्रदेश सरकारले ३१ अर्ब ६२ करोड ९८ लाख रुपैयाँको बजेट ल्याएको थियो। प्रदेश सभामा आज अपराह्न बजेट प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ। बजेट सार्वजनिक हुनुअघि मन्त्रालयहरूमा अन्तिम तयारी तीव्र बनाइएको छ।

यसैबीच, केही दिनअघि मन्त्रिपरिषद् पुनर्गठन हुँदा आर्थिक मामिला मन्त्रालयसहित तीन मन्त्रालयमा मन्त्री परिवर्तन भएका थिए। आर्थिक मामिला मन्त्रीको जिम्मेवारी सम्हालेका विक्रमसिंह धामीले बजेटका केही प्राथमिकता र कार्यक्रम पुनरावलोकन गरेका छन्। आज प्रस्तुत हुने बजेटले प्रदेशको विकास प्राथमिकता, राजस्व व्यवस्थापन र पूर्वाधार निर्माणका योजनालाई स्पष्ट दिशानिर्देश गर्ने अपेक्षा गरिएको छ।

About The Author