कैलाली २२ /जेठ
नेशनल लघुवित्त वित्तीय संस्था शाखा कार्यालय गेटा कैलालीको आयोजनामा केन्द्र प्रमुखहरू सँग अध्ययन गोष्ठी तथा वित्तीय
साक्षरता कार्यक्रम सम्पन्न भएको छ । संस्थाका प्रमुख अनुगमन अधिकृत अमरेस कुमार कुसहवाको प्रमुख आतिथ्यमा सम्पन्न भएको गोष्ठीमा धनगढी उपमहानगरपालिका वडा न.१३ का कार्यवाहक वडा अध्यक्ष हिरालाल राना,भरत नेपाली,सुवास पन्त, संस्थाका बेलौरी शाखा प्रमुख वम कृष्ण ओली, सुडा शाखा प्रमुख शिवराज जोशी,झलारी शाखा प्रमुख कृष्णराज उपाध्याय,फुलवारी शाखा प्रमुख मेनुका कुमारी जोशी लगायतको उपस्थिति रहेको थियो ।

नेशनल लघुवित्त वित्तीय संस्थाले कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र कञ्चनपुरको कृष्णापुर नगरपालिकामा १२ करोड १४ लाख लगानी गरेको छ भने ६ करोड ७० लाख बचत गरेको छ । संस्थाले समूहका सदस्यहरूलाई विभिन्न किसिमका सीपमूलक तालिम प्रदान गर्दै आएको छ भने विना धितो र धितोमा कर्जा लगानी समेत गरिरहेको छ ।

