Skip to content

नेशनल लघुवित्त वित्तीय संस्था शाखा कार्यालय अत्तरियाको अध्यक्ष  गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कैलाली १५/ जेठ
नेशनल लघुवित्त वित्तीय संस्था शाखा कार्यालय अत्तरिया कैलालीको आयोजनामा केन्द्र प्रमुखहरू सँग अध्ययन गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको गोष्ठीमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी हिरासिंह महर,गोदावरी नगरपालिका वडा न.११ का अध्यक्ष प्रेमबहादुर वडैला,संस्थाका एचआर विजय कुमार घिमिरे,काशीराम भट्टराई,संस्थाका अनुगमन अधिकृत अमरेस कुमार कुसहवा लगायतको उपस्थिति रहेको थियो ।
नेशनल लघुवित्त वित्तीय संस्थाले कैलालीको धनगढी उप महानगरपालिका,गोदावरी नगरपालिका र कञ्चनपुरको  कृष्णापुर नगरपालिकामा ९ करोड ३४ लाख लगानी गरेको छ भने ४ करोड २३ लाख बचत गरेको छ । संस्थाले समूहका सदस्यहरूलाई विभिन्न किसिमका सीपमूलक तालिम प्रदान गर्दै आएको छ भने विना धितो र धितोमा कर्जा लगानी समेत गरिरहेको छ ।

About The Author