Skip to content

कैलालीमा नेपाल निजामती कर्मचारी संगठनको स्थापना दिवसमा खाद्यान्न वितरण

कैलाली, ७ चैत
नेपाल निजामती कर्मचारी संगठनको ३६ औँ स्थापना दिवसको अवसरमा  जिल्ला कार्यसमिति कैलालीले मानवसेवा आश्रम धनगढीमा खाद्यान्न सहयोग गरेको छ।

 स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै आश्रममा खाद्यान्न वितरण गरिएको संगठनका कैलाली जिल्ला अध्यक्ष खकेन्द्र रावलले बताएका छन । कार्यक्रममा संगठनका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

May be an image of text

यसअघि पनि संगठनले स्थापना दिवसकै अवसरमा विभिन्न सामाजिक कार्य गर्दै आएको छ। गत वर्ष ३५ औँ स्थापना दिवसमा धनगढीस्थित श्री समैजी आधारभूत विद्यालयका ६० जना विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री तथा झोला वितरण गरिएको थियो।

संगठनले स्थापना दिवसलाई केवल औपचारिकतामा सीमित नराखी सामाजिक सेवामूलक गतिविधिमार्फत समुदायमा सकारात्मक सन्देश प्रवाह गर्दै आएको जनाएको छ।May be an image of one or more people and text

About The Author