3.7kViews
1286
Shares
कैलाली १४/ माघ
कैलालीको बर्दगोरिया गाउँपालिका उपाध्यक्ष एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता गणेशराज गिरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् ।
गिरी २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट बर्दगोरिया गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएका थिए । नेता गिरीलाई रास्वपाका वरिष्ठ नेता बालेन साहले पार्टी प्रवेश गराएको तस्बिर रास्वपा कैलाली क्षेत्र न.२ का क्षेत्रीय सभापति कृष्ण बटालाले सामाजिक सञ्जाल फेसबुकमा राखेर पुष्टि गरेका छन् ।

