Skip to content

सुदूरपश्चिममा राष्ट्रिय सभा निर्वाचनको मतदान सुरु, २२४ मतदाता सहभागी हुने

कैलाली ११ /माघ
सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ । धनगढीस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा बिहानदेखि मतदान प्रक्रिया अघि बढेको हो ।

सुदूरपश्चिम प्रदेशमा स्थानीय तहका १७३ जना र प्रदेश सभाका ५१ जना सांसद गरी कुल २२४ जना मतदाता रहेका छन् । आगामी फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका १८ पदका लागि आज सातै प्रदेशमा मतदान भइरहेको छ । मतदान प्रक्रिया दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ ।

कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा भने निर्विरोध निर्वाचन भए पछी बाँकी १७ पदका लागि आज निर्वाचन भइरहेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, नगरप्रमुख तथा उपप्रमुख, साथै गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता रहने कानुनी व्यवस्था छ ।

About The Author