6.4kViews
1203
Shares
कैलाली ४/ पुष
नेकपा एमालेको ११ औँ महाधिवेशनमा कैलालीका झपट रावलले ईश्वर पोखरेल समूहको इज्जत जोगाई दिएका छन् । देशभरको पुरुष खुल्लाको ७२ सदस्यमा ७१ सदस्य केपी ओलीको टिमबाट उम्मेदवार बनेका सदस्यहरू विजयी हुँदा झपट बहादुर रावल ईश्वर पोखरेलको टिमबाट विजयी हुने एक्ला उम्मेदवार बने ।
पोखरेलको टिमबाट १ हजार २ सय ४२ मत ल्याउँदै रावल ४३ औँ स्थानमा निर्वाचित भए । रावल नवौँ र दशौँ महाधिवेशनदेखि एमालेको केन्द्रीय सदस्यमा निर्वाचित हुँदै आएका छन् । रावल २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा कैलाली क्षेत्र न।२ बाट प्रत्यक्षमा निर्वाचित भएका थिए । रावले सचिव पदमा चुनाव लड्ने चाहाना राखेका थिए तर टिम मिलाउन पर्ने भएकाले उनी केन्द्रीय सदस्यको उम्मेदवार भएको उनी निकट एक नेताले संघीय न्यूजलाइृ जानकारी दिएका छन् ।
अखिल हुँदै युवा संघको राजनीति गरेका रावल एमालेका लोक प्रिय युवा नेता समेत हुन । उनीले एमाले भित्रका अध्ययनशील नेताका रूपमा समेत छवि बनाएका छन् । रावल समाजशास्त्र,अर्थशास्त्र,कानुन र अन्तर्राष्ट्रिय राजनीतिका समेत जानकार हुन ।

