Skip to content

कैलाली २ बाट रावल र ओली पुनः केन्द्रीय सदस्यमा निर्वाचित

कैलाली ३ /पुष
नेकपा एमालेको केन्द्रीय सदस्यमा कैलाली क्षेत्र न.२ बाट दुई जना निर्वाचित भएका छन् । खुल्ला तर्फबाट झपट बहादुर रावल १ हजार २ सय ४२ मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भए भने सुदूरपश्चिमको भूगोल महिलाबाट कमला कुमारी ओली १ हजार ५ सय ७१ मतका साथ निर्वाचित भइन ।
रोचक कुरा त के छ भने केन्द्रीय सदस्यमा निर्वाचित भएका रावल र ओली एउटै पालिकाका नेता हुन । ओली लम्कीचुहा नगरपालिकाको वडा न.१ कि हुन भने रावल वडा न.९ का स्थायी बासी हुन । यस अघि रावल कैलाली क्षेत्र न.१ का इन्चार्ज थिए भने ओली क्षेत्र न.२ कि इन्चार्ज थिइन । कैलाली क्षेत्र न.२ कै डेजी पाण्डे पनि सुदूरपश्चिमको खुल्ला भूगोलबाट केन्द्रीय सदस्यका उम्मेदवार थिए तर पाण्डे भने पराजित भएका छन् ।

About The Author