7.2kViews
1263
Shares
कैलाली २२ /मंसिर
नेकपा (एमाले)का केन्द्रीय सदस्य झपटबहादुर रावल सचिव पदमा उम्मेदवार बन्ने भएका छन । ११ औँ महाधिवेशनमा ईश्वर पोख्रेलको टिमबाट रावल सचिव पदमा उम्मेदवार हुने पक्का पक्की भएको छ । अखिलको राजनीतिबाट उदाएका रावल युवासंघको पूर्व केन्द्रीय उपाध्यक्ष समेत हुन । पार्टीको नवौँ र दशौँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका रावल एमालेमा प्रभावशाली नेताका रूपमा परिचित छन ।
२०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा कैलाली क्षेत्र न.२ बाट प्रत्यक्ष निर्वाचित रावल नेता र कार्यकर्ताका बिच लोक प्रिय छन । संघीय न्यूज संगको संवादमा नेता रावलले ”नेताको इच्छाले भन्दा आफू कार्यकर्ताको रोजाइले केन्द्रीय सचिव पदमा उम्मेदवार बन्न लागेको बताएका छन् ।”

