5.4kViews
1771
Shares
लम्की १३ /मंसिर
नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागी कैलाली क्षेत्र न.२ बाट ६ जना महाधिवेशन प्रतिनिधी निर्विरोध छनोट भएका छन ।
खुल्ला तर्फ ३ जना, महिला तर्फ २ जना र युवा तर्फ १ जना गरि ६ जना महाधिवेशन प्रतिनिधी निर्विरोध चयन भएको निर्वाचन संयोजक चक्रबहादुर विष्टले जानकारी दिएका छन ।
खुल्लाबाट कर्णबहादुर कुँवर,डेजी पाण्डे र नरबहादुर खड्का छनोट भएका छन । त्यसै गरी महिला तर्फबाट ममता रावल र लक्ष्मी शाही छनोट भएका छन भने युवा तर्फबाट पवित्रा कुमारी माझी निर्विरोध महाधिवेशन प्रतिनिधी छनोट भएका हुन ।
एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन मंसिर २७,२८ र २९ गते काठमाण्डौमा हुदै छ ।

