Skip to content

भजनीबाट ६ जना जुवाडे पक्राउ

लम्की २१/ कार्तिक
कैलालीको भजनीबाट ६ जना जुवाडे पक्राउ परेका छन । भजनी नगरपालिका वडा न.१ भजनी बजार स्थित सोही ठाउँ बस्ने ४४ वर्षीय राजु चौधरीले संचालन गरेको मोनिस्का होटल भित्र जुवातास खेली रहेका छन भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गर्दा होटलको दोस्रो तलामा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक राजु चौधरीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुलाई नगद ८३ हजार र २ गड्डी ताससहित गएराति १ः३० बजे पक्राउ गरेका इलाका प्रहरी कार्यालय भजनीले जनाएको छ ।

About The Author