3.7kViews
1943
Shares
कैलाली १६ /कार्तिक
नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले बढेर २ लाख ३९ हजार ७ सय रुपैयाँ तोकेको छ।
शुक्रबार सुनको भाउ प्रतितोला २७ सय रुपैयाँले बढेको थियो। चाँदीको भाउ आइतबार प्रतितोला ५ रुपैयाँले घटेर ३०५५ रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन शुक्रबार तोलामा २७ सय बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ३९ हजार रुपैयाँ थियो ।
यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ । चाँदीको भाउ भने घटेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँले मूल्य घट्दै चाँदी प्रतितोला ३०५५ रुपैयाँ कायम भएको छ ।

