Skip to content

मोटरसाइकलको हेडलाईट भित्र लुकाएर लागू औषध ओसार्ने,२ जना टीकापुरबाट पक्राउ

कैलाली १६ /कार्तिक
कैलालीमा प्रहरीले मोटरसाइकलको हेडलाईट भित्र लुकाइएको लागू औषध सहित २ जना पक्राउ गरेको छ। शनिवार साँझ टीकापुर नगरपालिका – ९ खक्रौला भन्सार चेकपोस्ट स्थित बा.७५ प. ८९२९ नम्बरको मोटरसाइकलको हेड लाइटको कबर भित्र लुकाई राखेको लागू औषध सहित २ जना पक्राउ परेका हुन।

पक्राउ पर्नेमा मोटरसाइकल चालक जानकी गाउँपालिका–९ अमरावतीका २२ वर्षीय टेक बहादुर साउँद र मोटरसाइकल पछाडि सवार सोही २५ वर्षीय रमेश टमाटा रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

दुवै जनाको साथबाट ४ ग्राम ९७० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको छ। दुवै जनालाई प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो।

About The Author