4.9kViews
1766
Shares
कैलाली ५/ भदौ
अनलाइन टिभी पत्रकार संघ नेपाल कैलालीको अध्यक्षमा आलोक जङ्ग साउँद र सचिवमा रमित पाण्डे सर्वसम्मत निर्वाचित भएका छन् । जिल्लाको लम्कीचुहा नगरपालिकाको चिसापानी सिद्धबाबा होटलमा बुधबारदेखि सुरु भएको प्रथम जिल्ला अधिवेशनबाट बिहीबार साउँदको अध्यक्षतामा ९ सदस्यीय नेतृत्व सर्वसम्मत चयन भएको हो ।
समितिको उपाध्यक्षमा रमेश ऐडी,कोषाध्यक्षमा मञ्जु भण्डारी ,सह-सचिव पदमा तिलक राज ढुङ्गाना र समिति सदस्यमा सागर चौधरी, प्रेम कामी, गणेशबहादुर बिष्ट , यज्ञराज अवस्थी चयन भएका छन् ।