कैलाली २९/ साउन
निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको एक समाहाको राष्ट्रिय भेलाबाट अध्यक्ष बनाइएका रे शमका बुबा लालवीर चौधरीलाई वैधानिक अध्यक्ष नभएको ठहर गरेको छ । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रन्जिता श्रेष्ठ नै कायम भएकी छन् । अध्यक्षमा दाबी गर्दै रे शमका बुबा लालवीर चौधरीले अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए तर निर्वाचन आयोगले लालवीरलाई नभई रन्जिता श्रेष्ठलाईकै अध्यक्ष कायम रहेको पत्र काटेको छ ।रंजितालाई हटाउँदै उन्मुक्ति एक समूहले राष्ट्रिय भेला मार्फत लालवीर चौधरीलाई अध्यक्ष तोकेको थियो ।
राजनैतिक दलसम्बन्धी ऐन र नागरिक उन्मुक्ति विधान अनुसार राष्ट्रिय भेला वैधानिक नभएको र रन्जितानै अध्यक्ष भएको आयोगले ठहर गरेको छ । निर्वाचन आयोगले निर्णय गर्नुभन्दा पहिले अध्यक्षमा दाबी गरेका लालवीर चौधरी र रन्जिता श्रेष्ठलाई पत्र काटेको थियो । दुवैले आफू अध्यक्ष भएको दाबी गर्दै आयोगलाई जवाफ दिएका थिए । निर्वाचन आयोगले, ऐन, कानुन र विधानको आधारमा रहेर रंजितालाईनै अध्यक्ष कायम गरिएको बताएको छ । रंजिता रेशमकी श्रीमती हुन भने लालवीर रेशमा बुबा हुन ।