Skip to content

महालक्ष्मी विकास बैंकबाट झण्डै ३ करोड रकम हिनामिना

कैलाली २६/साउन
दार्चुलाको शैलेशिखर नगरपालिका वडा न.४ गुकुलेमा रहेको महालक्ष्मी विकास बैङ्क लिमिटेडको गोकुलेश्वर शाखाबाट दुई करोड ८४ लाख ७६ हजार सात सय दुई रुपैयाँ उनन्तीस पैसा हिनामिना भएको छ । २ करोड ८४ लाख बढी रकम अपचलन गरेको भन्दै बैङ्कका तत्कालीन चार जना कर्मचारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा शाखा प्रबन्धकका रूपमा कार्यरत सागर शाही,नगद विभागमा तत्कालीन कार्यरत  निर्मला साउँद, ग्राहक सहायता कक्षमा तत्कालीन कार्यरतअम्बादत्त पन्त र कर्जा विभागमा तत्कालीन कार्यरत धनञ्जय पन्त रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको टोलीले उनिहरुलाई साउन २४ गते पक्राउ गरी बैङ्किङ कसुरमा मुद्दा दर्ता गरेको छ।

जिल्ला अदालत दार्चुलाबाट सात दिनको म्याद थप गरी उनीहरूलाई हिरासतमा राखेर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।
चारैजनाको मिलोमतोमा रकम अपचलन भएको पाइएपछि बैंकले उनीहरुलाई निलम्बन गरेर आवश्यक कारबाहीका लागि प्रहरीको सहयोग खोजेको थियो ।प्रतिबन्धित अनलाइन जुवा प्लेटफर्म वान एक्स बेटमा बैंकको पैसा लगाएको खुलेको थियो ।

About The Author