3.6kViews
1619
Shares
कैलाली /२५ साउन
शुक्रबार रातिको घटनापछि कैदीबन्दीहरूले कारागारको भित्री भाग पूर्ण रूपमा कब्जा गरेका थिए । मूल गेटमा घरेलु हात हतियार र ढुंगामुडासहित कैदीबन्दी बसेपछि सुरक्षाकर्मीहरू भित्र पस्न सकेका थिएनन् ।
आइतबार उनले अवस्था सामान्य भने पनि कैदी बन्दीहरूको आक्रोश अझै नघटेको स्रोत बताउँछ । आफन्त र मानव अधिकारवादी संघ संस्थाका प्रतिनिधिसँग कुरा गर्न चाहे पनि उनीहरूले सुरक्षा निकायलाई प्रवेश गर्न दिएका छैन्न ।
कैलाली कारागारमा कुटपिटबाट एक जना कैदीको मृत्यु भए भन्दा पछि कैलाली कारागार अझै सुरक्षाकर्मीको नियन्त्रणमा आउन सकेको छैन । यद्यपि अवस्था भने सामान्य भइसकेको कैलालीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोगनबहादुर हमालले बताएका छन ।