4.5kViews
1863
Shares
कैलाली २४/ साउन
कैलाली कारागारमा कैदी बन्दीहरू बिच कुटाकुट हुँदा एक जना कैदीको मृत्यु भएको छ । धनगढी ४ का कैदी बन्दी भरत चौधरीको कुटपिटबाट मृत्यु भएको हो । कुटपिटमा घाइते भएका ४७ जना मध्य ३ तीन जनाको अवस्था गम्भीर रहेको छ भने एक जनाको आइसियुमा उपचार भइरहेको छ ।
झडपका क्रममा घाइते भएका ४७ जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ। कारागारको ए र बी ब्लकमा रहेका कैदी बन्दीबिच कुटाकुट भएको बताइएको छ। कैलालीको कारागारमा तनाव भएपछि घटनाको विवरण बुझ्न गएका सुरक्षा निकायका प्रमुखहरूलाई कैदी बन्दीहरूले घटनास्थलमा जानबाट रोकेका छन् ।
घटनाको विवरण बुझ्न पुगेको टोली घटनास्थल निरीक्षक नगरी फर्किएको छ । १५० कैदी बन्दी क्षमता भएको कैलाली कारागारमा ७०० कैदी बन्दी छन् ।