Skip to content

नागरिक उन्मुक्तिको बहुमत पक्षको राष्ट्रिय भेलाबाट रन्जितालाई हटाउने तयारी

कैलाली/१४ वैशाख
नागरिक उन्मुक्ति पार्टीको राष्ट्रिय भेलामा सहभागी भएका बहुमत सदस्यहरुले पार्टी अध्यक्ष रंजिता श्रेष्ठलाई हटाउन माग गरेका छन् । काठमाडौं स्थित बानेश्वरको एक पार्टी प्यालेसमा जारी भेलाले अध्यक्ष रन्जिता श्रेष्ठलाई हटाउने निर्णय लिन सक्ने नाउपाका एक नेताले संघीय न्यूजलाई जानकारी दिएका छन् ।

नाउपाका बहुमत सदस्यले बैठक बोलाउन माग गर्दा अध्यक्षले नबोलाएको र बिधि बिपरित कार्यबाहक अध्यक्ष तोकेको भन्दै उनलाई कारबाही गर्ने तयारी गरिएको हो ।केही दिन अघी बहुमत सदस्यहरुको बैठकले रञ्जितालाई २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेका थियो ,तर २४ घण्टा बित्दा पनि रञ्जिताले स्पष्टीकरण बुझाएकी छैनन् ।

स्पष्टीकरणको जवाफ नआएपछि पार्टीको अनुशासन समितिले अध्यक्षलाई कारवाही सिफारिस गरेको नाउपाका एक नेताले संवादमा बताएका छन् ।